काठमाडौं,
२४ असोज । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सहि सूचना
प्रवाह गर्न क्याम्ब्रिजले आयोजना गरेको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरुले
उत्साहजनक सहभागीता जनाएका छन् । अक्टोबर ९ मा काभ्रेको बनेपा तथा अक्टोबर
११ काठमाडौंको बागबजार स्थित कार्यालयमा गरिएको ‘स्कलरसिप डे’ कार्यक्रममा
सहभागी विद्यार्थीहरुले अर्बोड स्टडीका विविध विषयमा क्यानडा, यूके र
अस्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग डाइरेक्ट शैक्षिक
परामर्श लिए ।
साे क्रममा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले
विद्यार्थीहरूकाे शैक्षिक, आर्थिक तथा व्यक्तिगत बायाेडाटाहरू हेरेर करियर
काउन्सेलिङ गर्दै अब्राेड स्टडीमा उनीहरूले पाउने स्कलरसिप, लागत, भिजा
प्रकृयासँगै कलेज र विश्वविद्यालयकाे विवरण र पाेलिसीहरूबारे परामर्श दिएका
थिए ।
बुधबार बागबजारमा आयोजित कार्यक्रममा मात्रै २ सयबढी
विद्यार्थीहरुको सहभागीता रहेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर
सिंखडाले जानकारी दिए । ‘दसैं तिहार जस्तो चाडवाडको बेलामा पनि अर्बोड
स्टडीका विविध पक्षमा जानकारी हासिल गर्न विद्यार्थीहरु उत्साहजनक रुपमा
सहभागी हुनुभयो । धेरै विद्यार्थीको चाहना अन्तराष्ट्रिय डिग्री हासिल
गर्ने, आफ्नो भविष्य सुरक्षित र सुनिश्चित गर्ने रहेको पायौं ।’ सिंखडाले
भने ।
कार्यक्रममा अधिकांश विद्यार्थीहरुले क्यानडाको शिक्षा, भिजा
प्रक्रिया, छात्रवृत्ति, लागत, अध्ययनसँगै पाउने अवसरका बारेमा परामर्श
लिएका थिए । दोश्रो नम्बरमा यूएसए (अमेरिका) का लागि विद्यार्थीहरुको चासो
थियो । तेश्रो नम्बरमा अस्ट्रेलिया र चौथो नम्बरमा यूकेको शिक्षाबारेमा
परामर्श लिएका थिए ।
कार्यक्रममा उच्च शिक्षाका लागि विदेश जान भनेर
आइएलटिएस, पिटिई जस्ता भाषा कक्षा लिइरहेका विद्यार्थीहरुले सहभागीता
जनाएका थिए । उनीहरुलाई क्यानडा, यूएसए, अस्ट्रेलिया र यूकेका
विश्वविद्यालय र कलेजका आधिकारिक प्रतिनिधिहरुले परामर्श गरेका थिए ।
बनेपामा २ दिन अगाडी भएको कार्यक्रममा पनि १३० बढी विद्यार्थीहरुले
सहभागीता जनाएका थिए ।
स्वदेशमा होस् वा विदेशमा क्वाटिलीयुक्त
शिक्षा हासिल गर्नुपर्छ भन्ने सन्देश चाडबाडको बेला छोटो समयमा गरिएको
कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागीताबाट पुष्टि भएको सिंखडाको
भनाई छ ।
0 प्रतिकृया