Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


इजरायलमा रहेका नेपाली ल्याउन उड्याे नेपाल एयरलाइन्सकाे वाइडवडी

एक्सन खबर
असोज, २५, २०८०


इजरायलमा रहेका नेपाली ल्याउन उड्याे नेपाल एयरलाइन्सकाे वाइडवडी

काठमाडाैं, २५ असाेज । सरकारले इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाएकाे छ । नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहान गएकाे उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् । जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ ।

इजरायलकाे नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले बताइन् । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका छन् । इजरालयलमा रहेका नेपालीलाई नेपाल सरकारकै खर्चमा स्वदेश ल्याउन लागिएकाे हाे । मृत्यु भएका १० नेपालीकाे शव ल्याउन भने केही समय लाग्छ ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु हुँदा अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए । प्रवक्ता लम्सालका अनुसार आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कने र लगत्तै अन्यलाई पनि नेपाल फर्काइने छ ।













0 प्रतिकृया