बाैद्धमा लुटेरा समुह र प्रहरीकाे जम्काभेट, २ राउण्ड फायर
एक्सन खबर
काठमाडाैं, २५ असाेज । काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बाैद्ध जगडोलमा लुटपाटमा संलग्न समूहसँग जम्काभेट हुँदा पेस्तोल देखाएपछि प्रहरीले जवाफी फायर गरेकाे हाे ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले प्रहरीलाइ नै पेस्ताेल देखाएपछि जवाफी फायर गरिएकाे बताए । प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । उनको दाहिने घुँडामुनी र तिघ्रामा गोली लागेको छ ।
उनलाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा छन् ।
उनीहरू पनि घाइते भएका छन् । लुटेरा समूहको दुइवटा मोटरसाइकल प्रहरीले बरामद गरेको जनाएकाे छ ।
0 प्रतिकृया