Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


विश्वकप छनाैटः घरेलु मैदानमा लाओससँग नेपालकाे बराबरी

एक्सन खबर
असोज, २५, २०८०


विश्वकप छनाैटः घरेलु मैदानमा लाओससँग नेपालकाे बराबरी

काठमाडौं, २५ असाेज । फिफा बरियतामा नेपालभन्दा पुछारमा रहेकाे लाओसले नेपालकाे घरेलु मैदानमा बराबरी खेलेकाे छ । बिहीबार दशरथ रंगशालामा विश्वकप छनाैट प्रारम्भिक खेलमा नेपाल लाओससँग बराबरीमा राेकिएकाे हाे ।

खेलकाे पहिलाे हाफमा १ गाेले पछि परेकाे स्थितिमा दाेश्राे हाफमा नेपालका लागि फर्वार्ड अञ्जन विस्टले लाओससँगकाे हार टारे । राष्ट्रिय टिमका फरवार्ड अञ्जनले  १ गाेल गर्दै नेपालका लागि बिहीबार सर्वाधिक गोलको कीर्तिमान पनि बराबरी गरेका छन् । उनले घरेलु मैदानमा नेपालका लागि १३ औं व्यक्तिगत गोल पूरा गरे ।

अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । उनले ४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड गोल गरे । सन् २०१९ मा उनले चिनियाँ ताइपेयीविरुद्ध पहिलो गोल गरेका अञ्जनसँग हरि र निराजनलाई उछिनेर नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ । र, त्याे अवसर १८ अक्टाेवरमा लाओसकाे घरेलु मैदानमा हुने खेल हुनेछ ।

खेलमा लाओसले ३३ औं मिनेटमा कफ्तान बौनान बौनकोङको गोलले अग्रता लिएको थियो । पहिलो हाफमा कमजाेर प्रदर्शन गरेकाे नेपालले दाेश्राे हाफमा कमब्याक खेल्दै लाओसमाथि दवाब दिएकाे थियाे । लाओसमा हुने खेलकाे नजिता नेपालकाे पक्षमा भए विश्वकपकाे दाेश्राे चरणमा प्रवेश गर्नेछ ।
















0 प्रतिकृया