एपोनको अध्यक्षमा महेश प्रधान निर्वाचित
एक्सन खबर
काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार विप्लव अधिकारीलाई १९ मतले पछि पार्दै उनी विजयी भएका हुन् । श्रेष्ठले ३६ मत प्राप्त गर्दा अधिकारीले १७ मत पाएका थिए ।
५३ प्रतिनिधिले मतदान गरेकाेमा ४८ मत सदर भएकाे थियाे । संघकाे सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७ मत पाउँदै विजयी भए । निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारीले ४३ मत पाएका छन् ।
त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् । पदाधिकारी भने विधान अनुसार निर्वाचित सदस्यहरूबाट चयन गरिनेछ ।
0 प्रतिकृया