Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


काेशीमा एमालेकाे समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त

एक्सन खबर
असोज, २७, २०८०


काेशीमा एमालेकाे समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त

विराटनगर, २७ असाेज । नेकपा एमालेकाे समर्थनमा कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि बहुमत सांसदहरूको हस्ताक्षरसहितको दाबी पेश गरेका थिए । तर, नेपाली कांग्रेसका ८ सांसदहरूले केदार कार्कीलाई समर्थन गरेका छन् । कार्की शेखर काेइराला पक्षका हुन् ।

आङ्बो पक्षका सांसदहरू भने सनाखतका लागि उपस्थित भएका छैनन् । हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले दिउँसो २ बजेसम्मको समय निर्धारण गरेका छन् ।













0 प्रतिकृया