मनाङ एयरकाे हेलिकप्टर दुर्घटना, पाइलट घाइते
एक्सन खबर
काठमाडाैं, २७ असाेज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएकाे हाे ।
‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको र दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन् । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो । उनलाई उपचारका लागि काठमाडौं स्थित ह्याम्स अस्पताल लगिएको छ ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन । 'मौसम ठिकै भएकाले तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान पछी थाहा हुने सुचना अधिकारी भुलले जानकारी दिए ।
0 प्रतिकृया