कोशीका मुख्यमन्त्रीकाे सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी
एक्सन खबर
विराटनगर, २८ असोज । नेकपा एमालेका ३९ सांसदकाे समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम तयार गरेकाे छ ।
कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको श्राेतकाे भनाइ छ । मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै राजधानी आएका कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर काेइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
0 प्रतिकृया