Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


ललितपुरको महालक्ष्मी नगरपालिकामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, ३०, २०८०


ललितपुरको महालक्ष्मी नगरपालिकामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ३० असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको महालक्ष्मी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले महालक्ष्मी नगरपालिका वडा नं. ८ र विश्वनिकेतन मा.वि.सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

शिविरमा ५११ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ७२ जनाको इसिजी, १०१ जनाको ल्याब परीक्षण, ८२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तैगरी, ७ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेकाहरु बढी लाभान्वित भइरहेका छन् । जनतालाई घरआँगनमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नियमित रुपमा स्वास्थ्य शिविर चलाई रहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् ।

समाजसेवी, सफल मेडिकल व्यवसायी डाक्टर सुनिलकुमार शर्माले केएमसीको कार्यकारी अध्यक्ष हुँदा निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका हुन् । हाल डा. शर्मा प्रतिनिधि सभामा निर्वाचित भएर गएतापनि केएमसीले उनको अभियानलाई निरन्तरता दिइरहेको छ ।


















0 प्रतिकृया