ललितपुरको महालक्ष्मी नगरपालिकामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ३० असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको महालक्ष्मी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले महालक्ष्मी नगरपालिका वडा नं. ८ र विश्वनिकेतन मा.वि.सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा ५११ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ७२ जनाको इसिजी, १०१ जनाको ल्याब परीक्षण, ८२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तैगरी, ७ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेकाहरु बढी लाभान्वित भइरहेका छन् । जनतालाई घरआँगनमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नियमित रुपमा स्वास्थ्य शिविर चलाई रहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् ।
समाजसेवी, सफल मेडिकल व्यवसायी डाक्टर सुनिलकुमार शर्माले केएमसीको कार्यकारी अध्यक्ष हुँदा निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका हुन् । हाल डा. शर्मा प्रतिनिधि सभामा निर्वाचित भएर गएतापनि केएमसीले उनको अभियानलाई निरन्तरता दिइरहेको छ ।
0 प्रतिकृया