लाओसलाई उसकै मैदानमा पराजित गर्दै नेपाल विश्वकप र एसियन कपकाे दाेश्राे चरणमा
एक्सन खबर
काठमाडाैं, ३० असाेज । लाओसकाे घरेलु मैदानमा जित दर्ता गर्दै नेपाल फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को दाेश्राे चरणमा प्रवेश गरेकाे छ । दशरथ रंगशालामा १–१ काे बराबरी खेलेकाे नेपालले लाओसकाे मैदानमा उत्कृष्ट फुटवल पस्कँदै दाेश्राे चरणमा प्रवेश गरेकाे हाे ।
दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा नेपालले १-० ले पराजित गर्दा मनिष डाँगी नायक रहे । उनले अञ्जन विष्टको पासमा ५३ औं मिनेटमा गोल गरेका थिए ।
अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । होम एण्ड अवेमा अब नेपालले दाेश्राे चरणमा ६ खेल खेल्नेछ ।
0 प्रतिकृया