राज कुमार र रश्मीको 'हे मेरी आमा' बजारमा (भिडियो सहित)
काठमाडौं, २९ असाेज । डोल्मो घिसिङ तामाङको 'हे मेरी आमा' बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुति, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो ।
बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एवम् संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।
भिडियोमा उनै गायक तथा संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह-निर्देशन गरेका हुन् ।
0 प्रतिकृया