साउदीमाथि नेपालकाे सानदार जितः यू-१९ प्रिमियर कपको अन्तिम चारमा
एक्सन खबर
काठमाडौं, २ कार्तिक । साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल एसिसी यू-१९ प्रिमियर कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार साउदीलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपालल समुह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेकाे हाे ।
नेपालले यसअघि समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो । मलेसियामा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अलआउट हुँदा साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोडे । साउदीका अरु ब्याटरले दाेहाेराे अंक जाेड्न सकेनन् ।
बलिङमा नेपालका दीपेश कडेँलले ९.१ ओभरमा १८ रन खर्चिएर एक्लैले ६ विकेट लिए । आकाश चन्दले २ विकेट लिए । साउदी अरेबियासँगकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन बनाउन सफल भयाे । नेपालका लागि अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन जोडे ।
आकाश त्रिपाठीले ८९ रन जाेड्दा ९८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । बलिङमा साउदीका अहमद राजा, मोहमद अमहद र अब्दुल्लाह सिराले २-२ विकेट लिए ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । सेमिफाइनल कार्तिक ५ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ मा प्रतिस्पर्धा हुनेछ ।
0 प्रतिकृया