दशैंमा स्वास्थ्यका लागि कति मासु खाँदा लाभदायक ? (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, ३, कार्तिक । चाडपर्वमा माछामासु आफ्नो स्वास्थ्य र उमेर अनुसार मिलाएर खान चिकित्सकहरुको सुझाब छ । दशैं तिहार जस्ता चाडपर्वमा बढीमात्रामा मासु तथा चिल्लो तथा मरमसला युक्त परिकार बढी नै खाईने हुँदा पाचनप्रणालीमा असर गर्ने भएकाले तारेको, पोलेको माछा मासु कम खान उपयुक्त हुन्छ ।
‘अरु बेला भन्दा दशैं तिहार जस्ता चाडपर्वमा बढी चिल्लो र मसलायुक्त मासु खानाले हाम्रो पाचन प्रणालीमा बढी प्रेसर पर्छ । र, कब्जियत हुन्छ । सकेसम्म पोलेको तथा बढी तारेको मासुहरु नखाउँ ।’ नेपाल मेडिकल कलेजका कन्सल्टेन्ट यूरोसर्जन डाक्टर बेश अन्सारीले बताए ।
खासगरी मासुमा भएको प्रोटिनहरु नस्ट नहुने गरी राम्ररी पकाएर खासगरी उसिनेर नुन, खोर्सानी र मसलाहरु कम प्रयोग गरेर खानुपर्दछ । स्वादका लागि पोलेर सेकुवा बनाएर खाएको मासुले स्वास्थ्यमा बढी असर गर्ने डा. अन्सारीको सुझाब छ । ‘पोलेर धेरै सुख्खा बनाएर पकाएको मासु स्वादका लागि ठिक होला तर, त्यस्तो मासुहरुमा प्रोटिन हुँदैन ।’ मासु खाँदा सँगसँगै फाइबरयुक्त खानाहरु जस्तै, सलाद, सागसब्जी बढी खानुपर्नेमा डा. अन्सारीको जोड छ ।
त्यस्तै रातो मासुमा प्रोटिनको मात्रा बढी भएकाले युरिक एसिड भएकाले सकेसम्म कम खानुपर्ने उनको भनाई छ । ‘रातो मासुले युरिक एसिड बढाउँछ, युरिक एसिडले अन्य रोगहरु समेत निम्त्याउँछ । त्यसकारण सकेसम्म रातोमासु कमै खानुपर्छ ।’
मासु पकाउँदा सकेसम्म जैतुनको तेल प्रयोग गर्नुपर्ने डा. अन्सारीको सल्लाह छ । मासु एकैपटक पकाएर धेरै दिनसम्म खानुपनि हानिकारक भएकाले आवश्यक्ता अनुसार पकाएर स्वच्छ र ताजा मासु खाना उत्तम हुने डा. अन्सारीको सुझाब छ ।
हेर्नुहोस भिडियो
0 प्रतिकृया