Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


त्रिदेशीय टी २० मा नेपालकाे जित कायमै, यूएई ५ विकेटले पराजित

एक्सन खबर
कार्तिक, ६, २०८०


त्रिदेशीय टी २० मा नेपालकाे जित कायमै, यूएई ५ विकेटले पराजित

काठमाडौं, ६ कार्तिक । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै लगातारकाे जित कायमै राखेकाे छ । साेमबार मुलपानीमा भएकाे नेपाल र यूएईविचकाे खेलमा नेपालले चाैथाे जित दर्ता गरेकाे हाे ।

खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा हासिल गर्दा नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यानहरू कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए । यूएईका लागि मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाउँदा यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए । हङकङ समेत रहेकाे त्रिदेशीय शृङ्खलामा नेपाल यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।



















0 प्रतिकृया