मनाङ एयरका पाइलट सेढाईंको मुम्बईमा निधन
एक्सन खबर
काठमाडाैं, ८ कार्तिक । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ । गत असोज २७ गते दुर्घटनामा परेका सेढाईंको भारतकाे मुम्बईमा निधन भएकाे हाे ।
मनाङ एयरले विज्ञप्तिमार्फत् नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको जनाएकाे छ । गत शनिबार उनले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा अवतरणकाे क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंकाे काठमाडौंमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो ।
दुर्घटनामा सेढाईंकाे शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो ।
0 प्रतिकृया