एसीसी यू–१९ प्रिमियर कपको उपाधि नेपाललाई
एक्सन खबर
काठमाडाैं, ८ कार्तिक । नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेकाे छ । मलेसियामा सम्पन्न फाइनलमा यूएईलाई १९ रनले पराजित गर्दै नेपालले बडादशैंकाे टिकाकाे दिन उपाधि जितेको हाे ।
क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएकोमा यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । त्यसाे त नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो ।
फाइलनमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो । तर, नेपालले बलिङ र फिल्डिङ दुवैमा राम्राे प्रदर्शन गर्दा नेपालका आकाश त्रिपाठीले चार विकेट लिए । सुभाष भण्डारीले तीन विकेट लिए ।
यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ बनाए । आयान अफजल खानले ३० रन, ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।
त्यस अगाडि नेपालका कप्तान देव खनालको शतकको मदतले नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ८० रनको स्कोर खडा गर्दा नेपालका लागि देवले कीर्तिमान शतक बनाए । उनले ९२ बलमा सय रन बनाए । यो उनको यस प्रतियोगितामै दोस्रो शतक तथा यू– १९ मा नेपालका लागि तेस्रो शतक हो ।
खराब सुरुआत गरेको नेपालले १४ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो । दीपक बोहराले पाँच रन बनाए भने आकाश त्रिपाठी शुन्यमा गए । त्यसपछि देवले ओपनर अर्जुन कुमालसँग १ सय २५ रनको सोझदारी गर्दै नेपालले स्काेर गठाए । अर्जुनले ७८ बलमा ५५ रन बनाउँदा चार चौका प्रहार गरे । उत्तर रानामगरले ६७ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाए । दीपक डुम्रेले २८ बलमा २७ रन हासिल गरे ।
यूएईका बलर हरितले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिएपनि नेपाललाइ जितबाट टाढा राख्न सकेनन् ।
0 प्रतिकृया