Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


मुगुमा एकै परिवारका ४ जनाको हत्या, प्रहरीकाे विशेष टाेली परिचालन

एक्सन खबर
कार्तिक, ११, २०८०


मुगुमा एकै परिवारका ४ जनाको हत्या, प्रहरीकाे विशेष टाेली परिचालन

काठमाडौं, ११ कार्तिक । मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६ मा स्थानीय रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या भएकाे छ । श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरकाे हत्या भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको र घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने बताए ।

परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै घरमा आउँदा रगत देखेपछि शुक्रबार बिहान पौने १० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।  प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए ।

प्रहरीकाे विशेष टाेली परिचालन

सामूहिक हत्या प्रकरण बारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार नै बेलुका घटना स्थलतर्फ हिँडेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भिम ढकालका अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगुतर्फ हिँडेको छ ।

सुर्खेतबाट सिआइवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा ५ सदस्सीय प्रहरी टोली र अर्को डक टोली अनुसन्धान गर्न मुगु हिँडेको हो । टोली शुक्रबार राती  कालिकोट बसेर शनिवार बिहानै मुगु पुगी हत्या बारे  विशेष अनुसन्धान थाल्ने छ ।













0 प्रतिकृया