आईसीसी टी-२० विश्वकप छनाैटः दाेश्राे जितकाे खाेजीमा नेपाल
एक्सन खबर
काठमाडौं, १४ कार्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेल आज घरेलु टाेली नेपाल र मलेसिया विच हुँदैछ । त्रिवि क्रिकेट मैदानमा खेल सवा १ बजे सुरु हुने खेलमा नेपाल दाेश्राे जितकाे खाेजीमा हुनेछ । साथै, मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा साेमबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै शानदार सुरूवात गरेकाे थियाे । भने, मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ओमान र सिंगापुरबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ । ९ बजे नै मूलपानी मैदानमा बहराइन र हङकङबीच पनि प्रतिस्पर्धा हुनेछ । यस्तै कुवेत र यूएई पनि आजै प्रतिस्पर्धा गर्दैछन् । मूलपानी मैदानमा खेलिने यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग जित दर्ता गरी सेमिफाइनलतर्फ अगाडी बढ्न चाहन्छ । आज नेपाल विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।
पछिल्लो पटक नेपालले लगातार मलेसियालाई हराउँदै आएको छ । मलेसियाविरुद्ध पछिल्लो भेटमा शतक प्रहार गर्दै अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी घाइते भएकाले नेपालकाे खेलमा असर पर्न सक्ने देखिएकाे छ । यद्यपि, साेमबार सिंगापुर विरूद्ध नेपालकाे प्रदर्शन मलेसियासँग पनि कायमै रहने टीमकाे विश्वास छ । नेपालले गत वर्ष मलेसियालाई ८५ रनले हराउँदा दीपेन्द्रले क्याटिङमा अविजित ११० रन बनाउँदै बलिङमा २ विकेट लिएर एक क्याचसमेत लिएका थिए ।
टी-२० अन्तर्राष्ट्रियमा नेपाल र मलेसिया बीच अहिलेसम्म ८ खेल भएकोमा नेपालले ७ खेल जितेको छ । मलेसियाले एक खेल मात्र जितेको छ । नेपाल र मलेसियाबीच २०२१ र २०२२ मा किर्तिपुरमा त्रिकोणात्मक टी-२० शृङ्ला हुँदा सबै खेल नेपालले जितेको थियो ।
नेपाल र मलेसिया हेड टु हेड
टी-२० आई खेल : ८
नेपाल विजयी : ७
मलेसिया विजयी : १
२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज
पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६ रनले विजयी
२०१९ आईसीसी विश्वकप टी-२० क्वालिफायर एसिया रिजन फाइनल
नेपाल ७ विकेटले विजयी
२०२० एसीसी इस्टर्न रिजन टी-२०
नेपाल २२ रनले पराजित
२०२१ त्रिकोणात्मक सिरिज
पहिलो खेलमा नेपाल ९ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६९ रनले विजयी
२०२२ त्रिकोणात्मक टी-२० शृङखला
पहिलो खेलमा नेपाल ६ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ८५ रनले विजयी
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
0 प्रतिकृया