Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

एक्सन खबर
कार्तिक, १६, २०८०


संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडाैं, १६ कार्तिक । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

मन्त्रिपरिषद बैठकले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनकाअनुसार सरकारले अर्याललाई प्रशासनिक र  पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको हाे ।













0 प्रतिकृया