Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


पाटन औद्योगिक क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
कार्तिक, १७, २०८०


पाटन औद्योगिक क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १७ कार्तिक । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । पञ्चकन्या ग्रुपसँगको सहकार्यमा केएमसीले पाटन औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ७२२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ९१ जनाको इसिजी, १०३ जनाको भिडियो एक्सरे तथा १२३ जनाको ल्याब परीक्षण गरिएको छ ।

त्यस्तैगरी, सात जनाको दाँत खोलिएको तथा ३५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर निःशुल्क स्वास्थ्य शिविर चलाइरहने केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जनाइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।
















0 प्रतिकृया