Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


जाजरकाेट र रूकुमकाे भूकम्पमा ठूलाे धनजनकाे क्षति, प्रधानमन्त्री स्वास्थ्यकर्मीकाे टाेली सहित प्रस्थान

एक्सन खबर
कार्तिक, १८, २०८०


जाजरकाेट र रूकुमकाे भूकम्पमा ठूलाे धनजनकाे क्षति, प्रधानमन्त्री स्वास्थ्यकर्मीकाे टाेली सहित प्रस्थान

काठमाडाैं, १८ कार्तिक । गएराति मध्यरात सुदुरपश्चिमकाे जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्यूटकाे भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ९० जना भन्दा बढीकाे ज्यान गएको छ । भूकम्पमा परी करिब १ सय ५० जना घाइते भएकाे जनाइएकाे छ ।

जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाले जानकारी दिए । भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह समेतकाे मृत्यु भएकाे छ ।

भूकम्पमा परी घाइते भएकाहरूका लागि प्रादेशिक अस्पताल सुर्खेत, जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएकाे छ ।

भूकम्पले छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठूलो धनजनकाे क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा उद्धारमा केही ढिलाइ भएको छ ।

स्वास्थ्यकर्मीसँगै प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि आफैं नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएका छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेकाे जानकारी दिए ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् ।

यसैविच प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको बताउँदै घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गरेका छन् । तस्विरः हेमन्त केसी, रासस













0 प्रतिकृया