Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


जाजरकाेटकाे भूकम्प जमिनकाे सहतभन्दा १० किलाेमिटर मुनी

एक्सन खबर
कार्तिक, १८, २०८०


जाजरकाेटकाे भूकम्प जमिनकाे सहतभन्दा १० किलाेमिटर मुनी

काठमाडौं, १८ कार्तिक । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि रहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएकाे छ ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युटकाे भूकम्प पछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ‘गएरातिको भूकम्प आफैंमा परकम्प हो, अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’ केन्द्रका एक भूकम्पविद्ले भने ।

जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हालसम्म रूकुम पश्चिम र जाजरकाेटमा गरी १२९ काे ज्यान गएकाे छ ।, १४० घाइते भएका छन् । तस्विरः रासस













0 प्रतिकृया