Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


जाजरकाेट भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचारमा लाग्न सरकारलाई सांसद चाैधरीकाे ध्यानाकर्षण

एक्सन खबर
कार्तिक, १८, २०८०


जाजरकाेट भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचारमा लाग्न सरकारलाई सांसद चाैधरीकाे ध्यानाकर्षण

काठमाडाैं, १८ कार्तिक । प्रतिनिधि सभा सदस्य भगबती चाैधरीले जाजरकाेट र रूकुमपश्चिममा मध्यराति गएकाे भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचार तथा राहतका लागि सरकारकाे ध्यानाकर्षण गराएकी छन् ।

नेकपा एमालेकी नेतृ चाैधरीले मध्यराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएकाे ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट सुदुरपश्चिमको जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय क्षति प्रति दुखः प्रकट गर्दै भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचार र राहत व्यवस्थापनमा सरकारकाे ध्यानाकर्षण गराएकी हुन् ।

गएराती ११: ४७ बजे जाजरकाेटकाे रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा १२९ जनाकाे मृत्यु भइसकेकाे छ । भने, नेपाल प्रहरीका अनुसार १४० जना घाइते भएका छन् ।

‘मध्यराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएका ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट सुदुरपश्चिमको जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय क्षति प्रति दुखः प्रकट गर्दछु । भूकम्पमा परी ज्यान गुमाउनेहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ चाैधरीले अगाडी भनेकी छन्, ‘यस दुखःद विपत्तिमा परी घाइते भएकाहरुको तत्काल उद्दार, उपचार तथा राहतका व्यवस्थापनमा राज्यको बलियो उपस्थितिका लागि नेपाल सरकारको समेत गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

सांसद चाैधरीले प्राकृतिक विपत्ति कुनै व्यक्ति, समुदाय, परिवार र राजनीतिक आस्थाका लागि नआउने भएकाले विपत्तिमा सबै राजनीतिक दल, भातृ संगठन, सुरक्षाकर्मी, रेडक्रस लगायतले सहयोगी संघसंस्थाहरुलाई तदारुकताका साथ उद्दार, उपचार र राहतकालागि अनुरोध पनि गरेकी छन् ।













0 प्रतिकृया