काठमाडौं, १८ कार्तिक । जाजरकोट रुकुमपश्चिममा शुक्रबार मध्यराति गएकाे भूकम्पमा परि घाइते भएकाहरुकाे काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्य उपचार गर्ने घाेषणा गरेकाे छ । संघीय सांसद डाक्टर सुनिलकुमार शर्मा सल्लाहकार रहेकाे काठमाडौं मेडिकल कलेजले भूकम्पमा परि घाइते भएकाहरुकाे निःशुल्क उपचार गर्ने घाेषणा गरेकाे हाे ।
कलेजकी कार्यकारी अध्यक्ष साेईना शर्माले आज शनिबार विज्ञप्ति जारी गरि सांसद डा. शर्माको सकृयतामा निःशुल्क उपचार गर्ने जनाएकि छन् । साथै, केएमसीले स्वास्थ्य मन्त्रालयसँगकाे समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्री सहित स्वास्थ्य टाेली पठाउन तयार रहेकाे जनाएकाे छ ।
गयराति जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हालसम्म रूकुम पश्चिम र जाजरकाेटमा गरी १३२ काे ज्यान गएकाे छ ।, १४० घाइते भएका छन् ।
0 प्रतिकृया