Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


सांसद शर्माको सकृयतामा केएमसीले भुकम्पमा घाईतेहरुकाे निःशुल्क उपचार गर्ने घाेषणा

एक्सन खबर
कार्तिक, १८, २०८०


सांसद शर्माको सकृयतामा केएमसीले भुकम्पमा घाईतेहरुकाे निःशुल्क उपचार गर्ने घाेषणा

काठमाडौं, १८ कार्तिक । जाजरकोट रुकुमपश्चिममा शुक्रबार मध्यराति गएकाे भूकम्पमा परि घाइते भएकाहरुकाे काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्य उपचार गर्ने घाेषणा गरेकाे छ । संघीय सांसद डाक्टर सुनिलकुमार शर्मा सल्लाहकार रहेकाे काठमाडौं मेडिकल कलेजले भूकम्पमा परि घाइते भएकाहरुकाे निःशुल्क उपचार गर्ने घाेषणा गरेकाे हाे ।

कलेजकी कार्यकारी अध्यक्ष साेईना शर्माले आज शनिबार विज्ञप्ति जारी गरि सांसद डा. शर्माको सकृयतामा निःशुल्क उपचार गर्ने जनाएकि छन् । साथै, केएमसीले स्वास्थ्य मन्त्रालयसँगकाे समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्री सहित स्वास्थ्य टाेली पठाउन तयार रहेकाे जनाएकाे छ ।

गयराति जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हालसम्म रूकुम पश्चिम र जाजरकाेटमा गरी १३२ काे ज्यान गएकाे छ ।, १४० घाइते भएका छन् ।













0 प्रतिकृया