अपडेटः भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १४३, १६६ घाइते
एक्सन खबर
काठमाडौं, १८ कार्तिक । जाजरकोट र रुकुमपश्चिममा शुक्रबार मध्यराति गएकाे भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीले दिएकाे पछिल्लाे अपडेट अनुसार जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीकाे आज अपराह्न साढे ३ बजेकाे अपडेट विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सरकारले भूकम्प प्रभावितकाे उद्दार, उपचार र राहतमा संलग्न हुन अपिल गरेकाे छ ।
0 प्रतिकृया