Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


अपडेटः भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, ३७५ घाइते

एक्सन खबर
कार्तिक, १९, २०८०


अपडेटः भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, ३७५ घाइते

काठमाडौं, १९ कार्तिक । जाजरकोट रूकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छभने, ३७५ जना घाइते भएका छन् । शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएकाे छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति क्षति यकिन भइसकेकाे छैन ।

यसैविच अहिले ‍सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ ।

शनिबार प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।













0 प्रतिकृया