Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


चाँगुनारायणले माग्याे कानून अधिकृत देखि मालीसम्म

एक्सन खबर
कार्तिक, १९, २०८०




चाँगुनारायणले माग्याे कानून अधिकृत देखि मालीसम्म

भक्तपुर, १९ कार्तिक । चाँगुनारायण नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै करार सेवामा २० जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले कानून अधिकृत, कार्यालय सहयोगी, माली, इन्जिनियर, फार्मेसी सहायक, ल्याब असिस्टेन्ट, अक्सिजन प्लान्ट अपरेटर लगायत विभिन्न पदमा २० जना करार कर्मचारी माग गरेको जनाएकाे छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिनभित्र नगर कार्यपालिकाको भवनमा आवेदन दिन सक्नेछन् ।

आवश्यक कागजातसहित छैठौँ तहको लागि एक हजार रुपैयाँ, चौथोँ तहको लागि ५०० रुपैयाँ र श्रेणीविहीनका लागि ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने नगरपालिकामा दिन सक्नेछन् । फाराम नगरपालिकाको वेभसाइटबाट डाउनलोड गर्न सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गरी योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।














0 प्रतिकृया