पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवाहरू ठप्प
एक्सन खबर
काठमाडौं, २१ कार्तिक । कार्यकक्षमा स्वास्थ्यकर्मी माथि हातपात गरेपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् । गत शनिबार गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियाे । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ । कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्नेलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ ।
‘दाेषीलाई प्रचलित कानुन अनुसार कारवाही नहुँदा सम्म हामी आकस्मिक सेवा प्रदान गर्छाैं तर, नयाँ भर्ना (इमरजेन्सी र OPD बाट) ओपीडि सेवा, आकस्मिक वाहेकका अप्रेसन (Elective OTs), In-Patient round) जान नसक्ने व्यहाेरा जानकारी गराउँदछाैं ।’ आन्दाेलनरत चिकित्सकहरूले भनेका छन् ।
0 प्रतिकृया