राफल्स एडुकेयरको तिहार गीत सार्वजनिक (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, २१ कार्तिक । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजनिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।
राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिँदै क्यानडा, यूके, युएसए र अस्ट्रेलिया लगाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश गीतको शब्दले दिएको छ ।
विगत १८ बर्षदेखि सञ्चालनमा आएको राफल्स एडुकेरले विद्यार्थीलाई यूके, युएसए, क्यानडा र अस्ट्रेलिया पठाउँदै आएको छ । राफल्सले गत वर्ष ६ हजार विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो । राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुँवरको स्वर रहेको छ ।
0 प्रतिकृया