Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नक्कली कागजात बनाउने चार कन्सल्टेन्सीका सञ्चालक पक्राउ

एक्सन खबर
कार्तिक, २२, २०८०


नक्कली कागजात बनाउने चार कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, २२ कार्तिक । उच्च शिक्षाका लागि विदेशमा पढ्न जानेहरुकाे किर्ते कागजात बनाउने धन्दामा संलग्न चार कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरिएकाे छ । नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
 
प्रहरीका अनुसार एसिई कन्सल्टेन्सी सञ्चालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली र एस. टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं पक्राउ परेका हुन् ।

उनीहरूले उच्च शिक्षाका लागि विदेश जानेहरुको  नक्कली कागजात बनाउँदै आएका थिए । सल्यान घर भएका बलबहादुर राउतकाे कागजपत्र बनाउने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे । राउत पनि पक्राउ परिसकेका छन् । यसमा प्रहरी जवान जीवलाल तामाङ समेत पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूबाट विभिन्न सरकारी कार्यायलका लेटरप्याड, स्ट्याम्प समेत फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले पुतलीसडक, बागबजार, डिल्लीबजार क्षेत्रमा रहेका कतिपय कन्सल्टेन्सीहरूमा पनि नक्कली कागजात बनाउने काम भइरहेकाे जानकारी पाएकाे छ । ति क्षेत्रमा रहेका कन्सल्टेन्सीहरू प्रहरीका निगरानीमा रहेकाे बताइएकाे छ ।













0 प्रतिकृया