Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


नेपाल मेडिकल कलेजका चिकित्सकहरुको पदोन्नति

एक्सन खबर
कार्तिक, २३, २०८०




नेपाल मेडिकल कलेजका चिकित्सकहरुको पदोन्नति

काठमाडौं, २३ कार्तिक । नेपाल मेडिकल कलेजले कार्यरत चिकित्सकहरुको पदोन्नति गरेको छ । कलेजमा कार्यरत ३१ जना चिकित्सकहरुलाई असिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र प्राध्यापकमा पदोन्नति गरिएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, भाइस प्रिन्सिपल डा.सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा.मोदनाथ मरहठ्ठा, निर्देशक जहाँगिर अन्सारीले पदोन्नतिको प्रमाणपत्र वितरण गरे ।

कलेजकाे डर्माटोलोजी, अब्सट्रेटिक्स/गाइनोकोजोजी, पिडियाट्रिक्स, रेडियोलोजी, अप्थालमोलोजी, नर्सिङ विभाग तथा डेण्टल विभागका एशोसिएट प्रोफेसरहरुलाई प्रोफेसरमा पदोन्नति गरिएको हाे । प्रोफेसरमा पदोन्नति हुनेहरुमा डा.सृष्टि श्रेष्ठ, डा.सनिता कायस्थ, डा.सविना श्रेष्ठ, डा.आभुषण सिद्धि तुलाधर, डा.अपर्ना रिजाल, डा.सुमन गाैतम र डा.अमृता गिरी (तुलाधर) रहेका छन् ।

कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले कलेज प्रशासन चिकित्सकहरुको क्षमता, दक्षता अभिबृद्धिमा सदैव सकारात्मक रहने बताउँदै कलेजको शैक्षिक तथा चिकित्सकीय सेवा वृद्धिमा योगदान गर्न अनुरोध गरे । नेपाल मेडिकल कलेजको मेडिकल शिक्षा तथा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन चिकित्सकहरुको महत्वपूर्ण योगदान रहने चर्चा गर्दै चिकित्सकहरुको वृद्धि विकासमा प्रशासन सधैं लाग्ने बताए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. क्षेत्री, भाइस–प्रिन्सिपल डा.श्रेष्ठ, अस्पताल निर्देशक डा.मरहठ्ठा, निर्देशक जहाँगिर अन्सारी लगायतले पदोन्नती भएका चिकित्सकहरुलाई शुभकामना दिएका थिए । सात जनालाई प्राध्यापक, १२ जनालाई एशोसिएट प्रोफेसर र १२ जनालाई असिस्टेन्ट प्रोफेसरमा पदोन्नति गरिएको कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।















0 प्रतिकृया