चिकित्सा शिक्षा आयोगका नयाँ निर्देशक सिफारिस गर्न समिति गठन
काठमाडौं, २४ कार्तिक । मंसिर ४ गतेबाट चिकित्सा शिक्षा आयोगका निर्देशकहरूकाे कार्यकाल सकिने भएपछि नयाँ निर्देशककाे नाम सिफारिस गर्न समिति गठन गरिएको छ । आयोगमा चार वटा निर्देशनालय छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिरदेखि रिक्त हुने चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयाेजक रहेकाे समिति गठन गरेका हुन् ।
समितिकाे सदस्यमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य छन् । आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समितिलाई काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न कार्यादेश दिएका छन् ।
0 प्रतिकृया