Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


धनतेरसमा घरायसी सामानको सट्टा सानिमा रिलायन्समा बीमा

एक्सन खबर
कार्तिक, २४, २०८०




धनतेरसमा घरायसी सामानको सट्टा सानिमा रिलायन्समा बीमा

काठमाडौं, २४ कार्तिक । तिहारको पूर्वसन्ध्यामा हुने धनतेरसमा सामान्यतया नयाँ सामानहरु घर भित्र्याइने गरिन्छ । सुन, चाँदी, तामा तथा धातुका सामानसँगै घरायसी सामान धन तेरसमा घरमा भित्र्याउँदा लक्ष्मीको सधैं बास हुन्छ भन्ने मान्यता अनुसार नयाँ सामान भित्र्याउने गरेपछि पछिल्लो समय बीमातर्फ पनि आकर्षण बढेको पाइएको छ ।

सानिमा रिलायन्स इन्स्योरेन्स जोरपाटी शाखामा आज धन्तेरसकै दिन केहीले जीवन बिमा योजना लिएका छन् । चावहिल सरस्वती नगरमा टेलर्स चलाएर बसेकी विनितादेवी कुशवाहाले आजै सर्वोत्कृष्ट बचत तथा जोखिम हस्तान्तरण सुखमय जीवन बीमा गराएकी छिन् । सरस्वती नगरमा विनिता टेलर्स चलाएर बसेकी कुशवाहाले आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षा, जीवन सुरक्षासँगै व्यवसायिक सुरक्षाका लागि बीमा गराएकी हुन् ।

यस्तै आजकै दिन राज फेसन कलेक्सन बाैद्धका राजकुमार खतिवडाले सिमित भुक्तानी जीवन बीमा र रमेश रेग्मीले छोरा संयोग रेग्मीको ‘मेराे मुटु बाल जीवन बीमा’ गराएको सानिमा रिलायन्स इन्स्योरेन्स जोरपाटी शाखाका मार्केटिङ मेनेजर प्रकाश कलेलले बताए ।

पछिल्लो समय आम सर्वसाधारण बीमा क्षेत्रमा आकर्षित भइरहेको र कतिपय चाडपर्वमा हुने फजुल खर्चलाई समेत जोगाउँदै बीमामा लगानी गरिरहेको मार्केटिङ मेनेजर कलेलको भनाई छ । ‘बीमा भनेको फजुल खर्च हैन, जीवनको अङ्ग हो भन्ने आम नागरिकले बुझिसक्नु भएको छ । चाडपर्वमा खर्च गर्ने फजुल खर्चलाई बरु बीमामा लगानी गरौं भन्ने सचेतना बढ्दो छ ।’ उनले भने ।

सानिमा रिलायन्सका बीमा कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । सानिमा रिलायन्सले ल्याएका बीमाका पोलिसीहरु अन्य बीमा कम्पनीको भन्दा फरक, सर्वसुलभ र प्रभावकारी रहेको जोरपाटी शाखा प्रबन्धक लक्ष्मण पराजुलीले जानकारी दिए । ‘बीमा गरिसकेपछि बीमितलाई सहजरुपमा सेवा प्रवाह गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामीले दिने सेवाकै कारण सानिमा रिलायन्सले ल्याएका बीमा पोलिसीहरु आम उपभोक्ताले अत्याधिक रुचाउनु भएको छ ।’ शाखा प्रबन्धक पराजुलीले भने ।

सानिमा रिलायन्सले ल्याएको सरल जीवन बीमा योजना बीमितहरुले रुचाएका छन् । एउटै बीमाबाट दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमा छुट सुविधा, घातक रोग रक्षावरण जस्ता सुविधाहरु रहेकाले बीमितहरुको रोजाईमा पर्ने गरेको छ ।














0 प्रतिकृया