Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, सत्तारूढ दलबाटै विराेध

एक्सन खबर
कार्तिक, २७, २०८०


टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, सत्तारूढ दलबाटै विराेध

काठमाडौं, २७ कार्तिक । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दीादै नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । 'नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,' सञ्चारमन्त्री शर्माले भनिन् ।

लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने, पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकाे हाे ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

तर, सरकारकाे याे निर्णयकाे सत्ताधारी दलहरूबाटै विराेध भइरहेकाे छ । नेपाली कांग्रेसका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डाक्टर शेखर काेइराला, सांसद सुनिलकुमार शर्मा, प्रदीप पाैडेल समेतले विराेध जनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरूले टिकटकमाथि प्रतिबन्ध लगाउनु भन्दापनि नियमन गर्न जरूरी रहेकाे भन्दै मन्त्रिपरिषद्काे निर्णयकाे विराेध गरेका छन् ।













0 प्रतिकृया