Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


आशा लघुवित्तका १९७ कर्मचारीले किन दिए एकै पटक राजीनामा ?

एक्सन खबर
मंसिर, २, २०८०




आशा लघुवित्तका १९७ कर्मचारीले किन दिए एकै पटक राजीनामा ?

काठमाडाैं, २ मंसिर । मर्जरपश्चात बनेको आशा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन समूहले साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारी माथि अन्याय गरेको भन्दै राष्ट्र उत्थान लघुवित्त तर्फका १९७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । कर्मचारीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका हुन् ।

यी दुई संस्थाहरुले गत असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । राष्ट्र उत्थान लघुवित्त तर्फबाट कर्मचारीहरुलाई काममा अनावश्यक दबाब दिएको तथा राष्ट्र उत्थान लघुवित्त तर्फको कर्मचारीहरुलाई संस्था छाड्न दबाब दिएपछि उनीहरुले सामुहिक राजीनामा दिएको बताएका छन् ।

उनीहरुले निमित्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शाखा सञ्चालन तथा तालिम विभागका विभागिय प्रमुख पुस्कर मिश्रले राजिनामा दिनुपर्ने माग राख्दै राजिनामा दिएका हुन् ।

साबिक आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुबित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात आशा लघुवित्त वित्तीय संस्थाको नाममा रुपान्तर भई सम्पुर्ण निति नियम आशा लघुवित्तको रहने गरी एकिकृत कारोबार सञ्चालन भएको चार महिना समाप्त हुँदा समेत कर्मचारी सेवा सुविधा समायोजन नभएकोले हिजाे मंसिर १ गतेदेखि लागु हुने गरी सम्पुर्ण सेवा सुबिधा समायोजन गरिनु पर्ने तथा साबिक राष्ट्र उत्थानमा खाईपाई आएको ग्रेडलाई पैसामा नभइ ग्रेड मै कायम गरिनु पर्ने माग गरिएकाे छ ।

यस्तै, आन्तरिक बढुवा गर्दा संस्थामा आवद्ध भएको समय, कार्य अनुभव र संस्था प्रती गरेको योगदानको आधारमा नभई साबिक राष्ट्र उत्थानले गत असार २९ गते कर्मचारी श्याम कुमार श्रेष्ठको बढुवाको निर्णय कुन नीति नियममा रही, कुन किसिमको मुल्यांकनको आधारमा र के को तालमा गरिएको हो ? सोको स्पष्टिकरण कार्यकारी निर्देशकले दिनु पर्ने, १०–१२ वर्ष देखी संस्थामा संस्थाको उद्देश्य प्राप्तिको लागि योगदान गर्दा त्यस्ता किसिमका कर्मचारिहरुको कुनै मुल्याङकन नहुने र अवसर दिनु नपर्ने यस्तो निति विपरित मनोमानी ढंगले गरिएको निर्णय मान्य नहुने भएकोले तत्काल उल्ट्याई फिर्ता लिनुपर्ने माग गरेका छन् । साथै आगामी दिनमा कुनै थप जिम्मेवारी प्रदान गर्दा वा बढुवा गर्दा सर्वप्रथम कार्य अवधि र योग्यताको आधारमा गरिनु पर्ने भनेका छन् ।

एकिकृत कारोबार सञ्चालन भए पश्चात केन्द्रीय कार्यालयबाट साविक राष्ट्र उत्थानको शाखा कार्यालयहरु अनुगमन गर्ने क्रममा आगामी दिनमा निति नियम अनुसार संस्थाको कार्यक्रम संञ्चालनमा एकरुपता ल्याई संस्थाको उद्देश्य प्राप्ति गर्नको लागि कर्मचारीहरुमा हौसला प्रदान गर्नु पर्नेमा मादक पदार्थको सेवन गरी कार्यालय प्रवेश गरेको, संस्थाको विधुतीय हाजिरी निर्देशिका अनुसार कार्यालय समय पश्चात शनिबारको दिन विदाको दिन अनावश्यक विषयमा केन्द्रीय कार्यालयको निर्देशन बिना शाखाले गर्न नपाईने कुरामा समेत निहु खोज्ने, महिला कर्मचारीहरुलाई समेत गाली गलाैज गर्ने, अपशब्दहरु प्रयोग गर्ने, कर्मचारीहरुको फोन खोस्ने जागिर छोड्न दबाब दिने लगायतका कार्यहरु गरेकोले त्यसको घोर भत्सना गर्दै निमित्त प्रमुख कार्यकारी निर्देशक बद्री प्रसाद दुलाल र शाखा सञ्चालन तथा तालिम विभागका विभागिय प्रमुख पुस्कर मिश्रले राजिनामा दिनुपर्ने माग राखिएकाे छ ।

यसैगरी, कर्मचारी बढुवा घटुवा सरुवा नियुत्ती गर्दा पुर्ण रुपमा विनियमाबलीमा तोकिए बमोजिम गरिनु पर्नेमा मनलाग्दी तबरले कुनै कर्मचारीलाई पाँच वर्षसम्म आफ्नो पायक पर्ने शाखामा राख्ने र कुनै कर्मचारीलाई ६–६ महिनामा सरुवा गर्ने जस्ता कार्य के को आधारमा गरिएको हो । सो कार्य तत्काल बन्द गरी लामो समयदेखि एउटै शाखा वा उपत्यका भित्र रहेकालाई समेत उपत्यका बाहिर यहि मंसिर १ गते देखिनै गर्ने व्यवस्था मिलाउनु पर्ने, गत असोज महिनामा गरिएको सरुवा र घटुवा कुन निति नियमको आधारमा गरिएको हो ? त्यसको जवाफ सम्बन्धित निकायले दिनुका साथै तत्काल उल्टाई र्फिता लिनु पर्ने भनिएकाे छ ।

यस्तै, कर्मचारीको सरुवा गर्दा एक शाखामा दुई वर्ष पुरा पश्चात गरिनु पर्ने, यसरी सरुवा गर्दा दुर्गम तथा सुगम भेग छुट्याई दुर्गममा रहनेलाई दुर्गम भत्ताको व्यवस्था गरिनुका साथै शाखा कार्यालयमा सरुवा भई आउने तथा जाने कर्मचारीहरुको बारेमा सम्बन्धित शाखा प्रबन्धकलाई जानकारी पश्चात गरिनु पर्ने र सरुवा भई टाढा गएका कर्मचारीहरुलाई सरुवा भई जाने कार्यालयमै बस्ने व्यवस्था मिलाउनु पर्ने, संस्थाको नीतिगत निर्देशनलाई इमेलको प्रयोग नगरी सामाजिक सञ्जाल (भाईवर) को प्रयोग दिन प्रतिदिन बढाउँदै गएकोले सामाजिक सञ्जाल तत्काल बन्द गरी संस्थाको नीतिगत निर्देशन इमेल मार्फत दिने पालना गर्ने गराउने गर्नु पर्नेमा यस्ता गैर कानुनी तवरले कर्मचारिहरुलाई मानसिक तनाव दिने कार्य बन्द गरिनुपर्ने राजीनामा दिएका कर्मचारीहरूकाे माग छ ।

कुनैपनि आधिकारिक निर्देशन बिना फोन तथा भाईबरको प्रयोग मार्फत अनावश्क रुपमा टार्गेटको बहानामा दिइने, प्रेशरमा मासिक टार्गेट एनपीएल घटाउने बहानामा लामो समय देखि खराब वर्गमा परेका कर्जाको नो हिट रिर्पोटको प्रयोग गरी खराब कर्जालाई लगानी देखाई अनावश्यक कर्जाको भार पारी कर्जा थप गरी बचतमा राखि कर्जा तथा बचत वृद्धि देखाई कर्मचारीहरुलाई प्रतिबद्धता गर्न लगाई गैरकानुनी कार्य गर्दै आएकोले यस्ता गतिविधि तत्काल बन्द गरी बैकल्पिक माध्यमको खोजी गर्नुपर्ने माग उनीहरूकाे छ ।

यरैगरी, विनियमावलीमा उल्लेख भए अनुसारको शैक्षिक योग्यताको आधारमा विभागीय प्रमुख नियुक्ती गरिनु पर्ने र भए नभएको तत्काल छानविन गरी मंसिर १ गतेदेखि नै लागू गरिनुपर्ने, कर्मचारी सेवा विनियमावली र संस्थाको विधुतीय हाजिरी कार्यविधिको परिच्छेद २ को उपविनियम ४.२ बमोजिम कार्यालय समयको पुर्णरुपमा पालना गर्नुपर्ने तथा शनिवार, सार्वजनिक बिदाको दिन काममा लगाउन नपाउने यदी काममा लगाउनु पर्ने आवश्यकता भएमा अतिरिक्त भक्ता वा सट्टा विदाको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारको विदालाई समेत पुर्ण पालना गर्नुपर्ने माग छ ।

एकातिर मासिक लक्ष्य प्रगतिको बहानामा उल्लेख भए अनुसारको लक्ष्य पुरा गर्ने प्रतिबद्दता गर्नु पर्ने भनि माथिल्लो निकायबाट प्रेसर दिने अर्को तिर मासिक रुपमा शाखा प्रबन्धकले २० वटा केन्द्र निरीक्षण रिर्पोट ४० वटा कर्जा सदुपयोगीता रिर्पोट अनिवार्य गर्नुपर्ने, अनावश्यक रुपमा विविध शिर्षकको रजिस्टर खडा गर्न लगाई समय तथा कार्यालय व्यवस्थापनमा समय खचिलो भएको तर्फ कुनै चासो नदिने, फिल्ड कर्मचारीहरुलाई दैनिक रुपमा बिहान ७:३० देखी बेलुकी ५:०० बजे सम्म फिल्डमा कुदाउने जुन कुराको असर दैनिक रुपमा कार्यालयको कार्य सम्पादनमा परेको तर्फ कुनै चासो नदिने र अनावश्यक रुपमा अनुगमन अधिकृतलाई रिर्पोट मात्र तयार पार्न लगाई एउटै शाखामा २ दिन बसाली होटलमा बस्न खान लगाई भएको खर्च र उपलब्धिको कुनै हिसाब नराखि गरेको कार्यप्रति कर्मचारीहरूले ध्यानाकर्षण गराएका छन् ।

विगत १ वर्षदेखि साविक राष्ट्र उत्थानमा नियुक्ती गरिएको सम्पुर्ण तालिमे कर्मचारीहरुलाई गत असाेज १ गतेदेखि लागू हुनेगरी स्थायी नियुक्ति दिनु पर्ने कर्मचारीहरूकाे माग छ । उनीहरूले मंसिर ४ गते माग पुरा नभएसम्म कार्यालयमा तालाचाबी लगाउने तथा माग पुरा भएपछि मात्र कार्यालय खोल्ने चेतावनी दिएका छन् ।













0 प्रतिकृया