Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेपाल मेडिकल कलेजले माग गर्यो दक्ष चिकित्सक (सूचना सहित)

एक्सन खबर
मंसिर, ५, २०८०


नेपाल मेडिकल कलेजले माग गर्यो दक्ष चिकित्सक (सूचना सहित)

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले कार्डियोलोजिस्टसहित दक्ष चिकित्सक माग गरेको छ । कलेजले आज एक सूचना प्रकाशित गरी मेडिकल अफिसर, विषयगत चिकित्सक र आइटी असिस्टेन्ट माग गरेको हो ।

कलेजले नेपाल मेडिकल काउन्सिलमा दर्तावाला मेडिकल अफिसर, क्लिनिकल मनोबैज्ञानिक, न्यूरो फिजिसियन समेत माग गरेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले आफ्नो योग्यताको प्रमाणपत्र र बायोडाटाहरु इमेलमार्फत कलेजमा पठाउन सक्नेछन् । कलेजले सर्टलिस्टमा परेका उम्मेदवारलाई सम्पर्क गरी अन्तरवार्ताकालागि समय तोक्नेछ ।

पछिल्लो समय कलेजमा नयाँ स्वास्थ्य सेवा सूचारु गर्न तथा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउन दक्ष जनशक्तिहरु ब्यवस्थापन गर्न प्रशासन लागि परेको कलेजका डाइरेक्टर जहाँगिर अन्सारीले बताएका छन् । २ वर्षअघि नयाँ ब्यवस्थापनमा आएको कलेजले मेडिकल शिक्षासँगै स्वास्थ्य सेवालाई सुधार्दै सवस्पेशियालिटी र सुपरस्पेशियालिटी सेवाहरु थप गर्न लागेकोले नयाँ जनशक्तिहरु माग गरेको हो ।














0 प्रतिकृया