मध्यरात मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
एक्सन खबर
काठमाडौं, ७ मंसिर । मध्यरात मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हाे ।
भूकम्प आएपछि मकवानपुरमा मध्यरात मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पले के कति क्षति भयाे यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।
0 प्रतिकृया