Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद सुनिल शर्माको नोबेल मेडिकल कलेज सर्वाधिक कर तिरेर सम्मानित

एक्सन खबर
मंसिर, ७, २०८०


सांसद सुनिल शर्माको नोबेल मेडिकल कलेज सर्वाधिक कर तिरेर सम्मानित

काठमाडौं, ७ मंसिर । स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्ष पनि सम्मानित भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरीएको सम्मान कार्यक्रममा सांसद सुनिल शर्माको नोबेल मेडिकल कलेज यस बर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद (केपी) शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका थिए ।

नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेर यसपटक समेत गरेर पाँच पटक सम्मानित भएको छ । २०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ ।

पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ । कोशी प्रदेश सहित विभिन्न प्रदेश र भारतबाट आउने बिरामीलाई नोवेलले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।













0 प्रतिकृया