Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन्’ महेश बस्नेत

एक्सन खबर
मंसिर, ७, २०८०


‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन्’ महेश बस्नेत

काठमाडौं, ७ मंसिर। नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुले सरकार विरूद्ध बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा एमालेका नेता, विद्यार्थी तथा विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी थिए ।

पछिल्लाे समय मुलुकमा देखिएका अराजकतावादी र गणतन्त्र बिराेधीहरूकाे विरूद्ध प्रदर्शन गरिएकाे राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले बताए । उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेकोले त्यसका विरूद्ध एमालेले प्रतिराेध गरेकाे बस्नेतकाे भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली विरूद्ध अनर्गल प्रचार गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिँदै नेता बस्नेतले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको जिकीर गरे ।

प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिँदै बस्नेतले भाेलीदेखि ठिक ठाउँमा बस्न चेतावनी दिए । सरकार र अराजकतावादी विरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको एमालेले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए ।

‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन्, दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।’ आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको बस्नेतले घोषणा समेत गरे ।

लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँदै बस्नेतले अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए । प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै बस्नेतले युवासंघकाे विरोधलाई प्रसाईंसँगको आन्दोलनसँग जोड्न नहुने बताए । 'हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं, यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो । यस्तै हिंसामा परेका महिलाहरूको न्यायको लागि हो । गरिब जनताको लागि हो । सकारात्मक ऊर्जाको लागि हो ।' बस्नेतले भने ।

युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ । बल्खु प्रदर्शनमा प्रसाईंको समुह र युवा संघका कार्यकर्ताविच झडप भएकाे थियाे । साथै, प्रसाईंको समुहले निषेधित क्षेत्र ताेडेर कालिमाटी प्रवेश गृन खाेजेपछि सुरक्षाकर्मीहरूसँग झडप समेत भएकाे थियाे ।















0 प्रतिकृया