Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


‘प्रचण्ड नसच्चिए सिंहदरबारको कुर्सीबाट सडकमा पछार्छौं’ नेता बस्नेत

एक्सन खबर
मंसिर, ७, २०८०


‘प्रचण्ड नसच्चिए सिंहदरबारको कुर्सीबाट सडकमा पछार्छौं’ नेता बस्नेत

काठमाडौं, ७ मंसिर । जनता र राष्ट्रकाे पक्षमा सरकारले काम नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सडकमा पछार्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्ड नसच्चिए एमालेले प्रधानमन्त्रीकाे कुर्सीबाट सडकमा पछार्ने बस्नेतले चेतावनी दिएका हुन् ।

बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने समेत ठाेकूवा गरे ।

‘प्रधानमन्त्री प्रचण्डज्यू कान खोलेर सुन्न चेतावनी दिन्छु–तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतले भने ।

युवा संघलाई चुनौती दिन खोज्ने दुर्गा प्रसाईंकाे आजबाट हावा खुस्किएकाे बताउँदै बस्नेतले भने ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध काेही निँहु खोजेर आउँछ भने हामी छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ ।’

पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रीत अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने गर्ने र प्रचण्ड सरकार ढाल्ने बस्नेतकाे दाबी छ । ‘सम्भवत हामी फागुनमा काठमाडौंमा मानवसागर उतार्छौ‌ं । त्यसपछाडि यी अराजकतावादी, अपराधि र तस्करहरुलाई सदाको लागि सफा गर्छौं ।’













0 प्रतिकृया