Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


सुदुरपश्चिमका मुख्यमन्त्री शाहीद्वारा केएमसीको निरीक्षण

एक्सन खबर
मंसिर, ८, २०८०


सुदुरपश्चिमका मुख्यमन्त्री शाहीद्वारा केएमसीको निरीक्षण

काठमाडौं, ८ मंसिर । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा अनवरत सेवा प्रदान गर्दै आइरहेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रमण तथा निरीक्षण गरेका छन् ।

बिहीबार मुख्यमन्त्री शाहीले अनौपचारिक रुपमा केएमसीको भ्रमण गर्दै त्यहाँको स्वास्थ्य प्रविधि, अस्पतालले प्रदान गरिरहेको सेवा लगायतका बारेमा जानकारी लिए ।

मुख्यमन्त्री शाहीलाई केएमसीका जनरल मेनेजर नारायण दाहाल, क्षितिज भण्डारीले स्वागत गर्दै कलेजले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय भित्र्याएका नविनतम सेवा र प्रविधिका बारेमा जानकारी गराएका थिए । सोक्रममा मुख्यमन्त्री शाहीले सुदुरपश्चिमका जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ र केएमसीसँग सहकार्य गर्न सकिन्छ भन्नेमा आउँदा दिनमा छलफल गरेर अगाडी बढ्न सकिने बताए ।

केएमसीमा रहेका एक बिरामीको स्वास्थ्य अवस्था समेत बुझ्न आएका मुख्यमन्त्रीले जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा केएमसीको प्रसंशा गरे । सो क्रममा उनले केएमसीका सञ्चालक समेत रहेका सांसद डाक्टर सुनिलकुमार शर्माले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा पुर्याएको योगदानको प्रसंशा पनि गरे ।

सांसद डाक्टर सुनिलकुमार शर्माले तीन वर्षअघि केएमसीको ब्यवस्थापन सम्हाले सँगै स्वास्थ्य सेवामा ठूलो सुधार गरिएको छ । बागमती प्रदेशकै रेफरल सेन्टर बन्दै गइरहेको केएमसीमा चिकित्सा सेवामा पछिल्लो समय विश्वमा निर्माण भएका नविनतम प्रविधियुक्त सेवाहरु विस्तार गरिएका छन् ।

केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउन तत्कालिन कार्यकारी अध्यक्ष डा.शर्माले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेकाले त्यसबाट गरिब, विपन्न, कमजोर आर्थिक अवस्था भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका जनता प्रत्यक्ष लाभान्वित भएकोमा सर्वत्र प्रसंशा भइरहेको छ । त्यसो त डा. शर्माले लामो समयदेखि गरिब, विपन्न र असहायलाई सडकबाटै उठाएर केएमसी र विराटनगरको नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आइरहेका छन् ।















0 प्रतिकृया