Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन भाेलीबाट

एक्सन खबर
मंसिर, ९, २०८०


नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन भाेलीबाट

काठमाडौँ, ९ मंसिर । भाेलीदेखि राजधानीमा नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु हुने भएको छ । गत असाेजमै गर्ने भनिएकाे याे सम्मेलन चिकित्सक माथि आक्रमण र दुर्व्यहारका घटना बढेपछि राेकिएकाे थियाे ।

‘थर्ड एनएमए नेशनल हेल्थ समिट २०२३’ गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने नाराका साथ दुई दिन सम्म चल्ने सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गर्ने र सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा छलफल हुनेछ ।

सम्मेलनमा दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धी, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थााको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण,स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयमा छलफलमा केन्द्रीत हुने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले जानकारी दिए ।

सम्मेलन पछि वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमा पुर्याइने छ । सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले ‘की नोट स्पिच’ छ ।

सम्मेलनमा करीव तीन सय जनाको उपस्थिति हुने अनुमान गरिएकाे छ । संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार सम्मेलनले देशको स्वास्थ्य क्षेत्रका लागि नीतिगत रुपमा धेरै विषयहरूकाे उठान गर्नेछ ।













0 प्रतिकृया