सरकारको असफलताको कारण मुलुक अराजकता तर्फ : एकनाथ ढकाल
एक्सन खबर
काठमाडाैं, ९ मंसिर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन् । कन्चनपुरको पुनर्बास नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको बताए ।
वर्तमान सरकारले आफ्नो औचित्य प्रुष्टि गर्न नसकेको जिकिर गर्दै नेता ढकालले सिमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताए । देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे ।
नेता ढकालले अन्तराष्ट्रिय मंच हरुमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएको प्रति चिन्ता ब्यक्त गरे । देशमा नैतिकताको खडेरी परेको बताउदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गरि समर्थन गर्न पनि ढकालले आग्रह गरे ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले अब सदन र सडक दुवै ठाउँबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिय विकल्पको खोजि गर्नु पर्ने धारणा राखे । ‘जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकारलाइ एक मिनेटपनि सत्तामा बस्ने नैतिक अधिकार हुदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाल देखि दक्षिण मधेश सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नु पर्छ ।’ ढकालले भने ।
उनले सामाजिक सद्भाव बिथोल्ने, नेपाली बीच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्वहरुलाइ देश ब्यापी रुपमा बहिस्कार गर्नु पर्ने बताए । ढकालले नेपालको आर्थिक बिकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको बिकासको गुरु योजना आबश्यक रहेको समेत बताए ।
ढकालले नेपाललाई अर्गानिक स्टेटको रुपमा विकास गरि सिंगो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिसोर्टको रुपमा विकास गर्न बृहतर राजनैतिक सहमति आबस्यक रहेको समेत धारणा ब्यक्त गरे । संबिधान सभामा दुइ सभासद रहेको नेपाल परिवार दल संबिधान जारि सँगै नेकपा एमाले सँगको सहकार्यमा छ । एमालेकै समर्थनमा दलका अध्यक्ष ढकाल बर्तमान संघिय संसद्को सदस्य छन् । ढकाल संसदकाे अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समितिको सदस्य हुन् ।
0 प्रतिकृया