Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


शैक्षिक सहकार्य गर्न नेक र चेक रिपब्लिकको कलेजविच छलफल

एक्सन खबर
मंसिर, ११, २०८०


शैक्षिक सहकार्य गर्न नेक र चेक रिपब्लिकको कलेजविच छलफल

काठमाडौं, १० मंसिर । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) सँग शिक्षा, सोध र अनुसन्धानका विषयमा सहकार्य गर्न चेक रिपब्लिकको एक शैक्षिक संस्थाका पदाधिकारीहरुले भेटघाट गरेका छन् ।

आइतबार चेक रिपव्लिकको हायर एजुकेशन एण्ड सेकेण्डरी मेडिकल स्कुल फर नर्स एण्ड विजनेश एकेडेमी ट्रुटनभ चेक रिपव्लिकका प्रमुख डाक्टर रोमन हसेकसहितको चार सदस्यीय टोलीले कलेजका कार्यवाहक प्राचार्यसहित फ्याकल्टीहरुसँग भेट गरी कलेजको निरीक्षणसमेत गरेका छन् ।

टोलीमा कलेजका प्रमुख हसेकसहित प्रोजेक्ट मेनेजर मिलुस माटेजकोवा, फ्याकल्टी मेम्बर जुजाना कुजेलोवा र स्टानिस्लाभा हानलोभाले इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा कलेजसँग सहकार्य गर्दै विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानको सहकार्य गर्न सकिने बताए ।  
 
टोलीले कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीसँंग भेटघाट गरी शिक्षा, अनुसन्धान र प्राविधिक क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव राखेको छ । भेटमा नेकका विद्यार्थी र फ्याकल्टीहरुलाई चेक रिपब्लिकस्थित कलेजमा अध्ययन अध्यापन गर्न गराउन तथा सामुहिक रुपमा सोध अनुसन्धानका कार्य गर्न छलफल कलेजका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले जानकारी दिए ।

टोलीले कलेजका फ्याकल्टीहरुसँग पनि सामूहिक भेटघाट गर्दै नेकसँगको सहकार्यमा गर्न सकिने शैक्षिक कार्य, विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानका विषयमा छलफल गरेको छ । टोलीले कलेजको सिभिल, आर्किटेक्चरल, सीआरसी साथै कलेजका विद्यार्थीहरुसँंग पनि टोलीले गरेको थियो । आफ्नो कलेजको शैक्षिक अवस्थाका बारेमा कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग समेत सामुहिक भेटमा जानकारी दिएको थियो । सो क्रममा कलेजका एसोसिएट प्रोफेसर गणेश अधिकारीले ‘इन्ह्याण्डस बेस्ट एजुकेशन प्राक्टिस थ्रो स्टाफ मोविलिटिज  प्रोग्राम’ शिर्षकमा प्रस्तुति दिएका थिए ।

कलेजले विद्यार्थीहरुलाई बढीभन्दा बढी अन्तराष्ट्रिय एक्सपोज दिलाउने हेतूले विश्वका धेरै विश्वविद्यालय र कलेजहरुसँग सहकार्य गर्दै आइरहेको छ । युरोपियन युनियनमा आबद्ध देशका विश्वविद्यालयहरुको संगठन इरास्मससँग सहकार्य गर्दै हरेक वर्ष कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनका लागि छात्रवृत्तिमा पठाउँदै आइरहेको छ ।














0 प्रतिकृया