Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


सामाजिक सुरक्षा कोषमा योगदान गरेकोमा केएमसी सम्मानित

एक्सन खबर
मंसिर, ११, २०८०


सामाजिक सुरक्षा कोषमा योगदान गरेकोमा केएमसी सम्मानित

काठमाडौं, ११ मंसिर । स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९/०८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल काठमाडौं मेडिकल कलेजलाई सम्मानित गरिएको छ ।

छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९/०८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै केएमसीलाई सम्मान गरिएको हो ।

बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर सुनील कुमार शर्माले केएमसीको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै लगिएको छ । डा. शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविर, विपन्न अशक्त नागरिकलाई दिने सर्वसुलभ स्वास्थ्य सेवाले मुलुकको स्वास्थ्य सेवामा पनि योगदान पुर्याउँदै आएको छ ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय सभागृहमा विशेष समारोहमा केएमसीका क्षितिज निरौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिं भण्डारीबाट प्रशंसा पत्र ग्रहण गरे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफल बनाउन योगदान गर्ने निजी क्षेत्रलाई धन्यवाद दिए । उनले ५ लाख श्रमिकहरु सामाजिक कोषमा आबद्ध भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि कोषमा आबद्ध हुन अनुरोध गरे ।

२०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले छैटौं वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ संङ्कलन गरेको छ । कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेको तथा १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिक तर्फ ३ जना आबद्ध भएका छन् । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने छ ।

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजनामा मानिसहरू जोडिएको बताएको छ ।















0 प्रतिकृया