Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान

एक्सन खबर
मंसिर, ११, २०८०


नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान

काठमाडौं, ११ मंसिर । सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल बिराटनगरको नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य क्षेत्रबाट कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट छनौट हुँदै नोबेल मेडिकल कलेज सम्मानीत भएको हो ।

आज राष्ट्रिय सभागृहमा छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिं भण्डारीले नोबेल मेडिकल कलेजलाई सम्मान गरे । उक्त सम्मानपत्र नोबेलका तर्फबाट नारायण प्रसाद दाहालले ग्रहण गरे ।

कोशी प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याएको तथा श्रमिकलाई कोषमा आबद्ध गरेकाले नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको हो । सांसद डाक्टर सुनिलकुमार शर्माको नोबेलले निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं विपन्न, असहाय तथा सर्वसाधारण जनतालाई सेवा प्रदान गर्दै आइरहेको छ । सांसद शर्माले गरिब विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिनुपर्छ भनेर निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् ।

आयोजित कार्यक्रममा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफल बनाउन योगदान गर्ने निजी क्षेत्रलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिए । ५ लाख श्रमिकहरु सामाजिक कोषमा आबद्ध भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि कोषमा आबद्ध हुन प्रधानमन्त्रीको अनुरोध छ ।

२०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले छैटौं वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ संङ्कलन गरेको छ । कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेको तथा १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिक तर्फ ३ जना आबद्ध भएका छन् । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने छ ।

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो ।













0 प्रतिकृया