Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एक्सन खबर
मंसिर, १४, २०८०


इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

धरान, १४ मंसिर । सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ईटहरी उपमहानगरपालिका वडा नम्बर २ शान्तिझोडाका २५ बर्षिया रबिन खड्का रहेका छन् ।

शान्तिझोडा वनबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा खड्काको ज्यान गएको हो । घर नजिकै जङ्गली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षिया रबिन खड्कालाई हात्तीले कुल्चिएर मारेको प्रहरीले जनाएकाे छ ।

उक्त घटनाको खबर स्थानीय प्रहरीलाई प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट घटनास्थलमा प्रहरीको टोली खटेर सम्पुर्ण कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि बिपि कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईएको र उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैविच, जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएकाे छ । खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बिहीबार बिहान घरमै पुगेर आर्थिक सहायता दिने घोषणा गरेका हुन् ।














0 प्रतिकृया