पेट्राेल, डिजल र मट्टितेलकाे मुल्य घट्याे, एलपी ग्यासकाे यथावत
एक्सन खबर
काठमाडौं, १४ मंसिर । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्राेलको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्राेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाउँदा एलपी ग्यासको मूल्य भने यथावत राखेकाे छ ।
निगमले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार झापाकाे चारआलीदेखि विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोल प्रति लिटर १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलका लागि प्रतिलिटर १७० रुपैयाँ मुल्य कायम गरेकाे छ ।
निगमले डिजेल र मट्टितेलमा क्षेत्र अनुसार क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ कायम गरेकाे जनाएकाे छ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार इन्धनकाे नयाँ मुल्य कायम गरेकाे हो ।
0 प्रतिकृया