Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


नेपालमा लगानी गर्न युएइका लगानीकर्तासँग प्रधानमन्त्रीकाे अनुराेध

एक्सन खबर
मंसिर, १५, २०८०


नेपालमा लगानी गर्न युएइका लगानीकर्तासँग प्रधानमन्त्रीकाे अनुराेध

काठमाडाैं, १५ मंसिर । नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुराेध गरेका छन् । बिहीबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन युएइकाे अवुधाबी पुगेका प्रधानमन्त्रीले साँझ नेपाल–दुबई व्यापार मञ्चमा बाेल्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन अनुराेध गरेका हुन् ।

अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिए ।

कार्यक्रममा बाेल्दै युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभुत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए । दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबइ उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताए ।

प्रधानमन्त्री सँगै कार्यक्रममा रहेका उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।













0 प्रतिकृया