Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


'पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्न ढिला भइसक्यो’ प्रधानमन्त्री प्रचण्ड

एक्सन खबर
मंसिर, १६, २०८०


'पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्न ढिला भइसक्यो’ प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, १६ मंसिर । पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शनिबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा बाेल्दै जलवायु परिवर्तनसँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा भने, 'पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ ।’

प्रधानमन्त्री दाहालले सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए । 'यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो,' उनले भने ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मङ्सिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ । पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन् ।













0 प्रतिकृया